काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विभिन्न स्वास्थ्य संस्थाका विकास समितिमा पदाधिकारी नियुक्त

1.26K
shares

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति तथा विभिन्न अस्पताल विकास समितिमा अध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।

मन्त्रालयको निर्णयअनुसार सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त भएका छन् । उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल र डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन् । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन् ।

यसैगरी, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डे नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले आज मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नवनियुक्त पदाधिकारीहरूले सम्बन्धित संस्था तथा अस्पतालको व्यवस्थापन, सेवा विस्तार र सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।