गृहपृष्ठ राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह राष्ट्रियसभा बैठक काठमाडौँ, १६ असोजः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मतसम्भार गर्न, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा विपद्बाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै बाढीका कारण रोकिएका कन्टेनरलाई सम्बन्धित नाकासम्म लैजान आवश्यक सहजीकरण गर्न सरकारसँग माग गरिन् ।

सांसद जगतबहादुर पार्कीले कञ्चनपुरको दादरा–चाँदनी पुल क्षतिग्रस्त हुँदा करिब ५० हजार जनसङ्ख्याको आवतजावतमा समस्या भएको उल्लेख गर्दै पुलको तत्काल मर्मतसम्भार गर्न माग गरे ।

सांसद नरबहादुर विष्टले भोटेचौर क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भएकाले तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनुवारले दलितसम्बन्धी ऐन निर्माणको प्रक्रिया शीघ्र अघि बढाउनुपर्नेमा जोड दिए ।

सांसद युवराज शर्माले जलवायु न्यायका लागि नेपालले अन्तरराष्ट्रियस्तरमा बुलन्द आवाज उठाउनुपर्ने बताए ।

सांसद राजेन्द्रलक्ष्मी गैरैले यही असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध सडक तथा बाटो तत्काल मर्मत गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् ।

सांसद सुरेशकुमार आलेमगरले दसैँको समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन क्षतिग्रस्त सडक तथा बाटोघाटोको मर्मतसम्भार तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मदनकुमारी शाह गरिमाले पनि शून्य समयमा समसामयिक विषयमा धारणा राखेका थिए ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु