गृहपृष्ठ प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई रुस्काज् ब्युटि स्टुडियोमा २० प्रतिशतसम्म छुट

काठमाडौं । स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोमा विभिन्न सौन्दर्यसम्बन्धी सेवा लिँदा विशेष छुट पाउनेछन् ।

सम्झौतामा रुस्काज् ब्युटि स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी (CPO) प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको समेत उपस्थिति थियो ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले सौन्दर्यसम्बन्धी सेवामा ५ देखि २० प्रतिशतसम्म तथा बैंकका कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा लिन ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ भने कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु