गृहपृष्ठ जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा
जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए।
उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट गरे ।
एमाले संसदीय दलका नेता बादलले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकामा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको आरोप लगाए ।
प्रकाशित समय : १३:५७ बजे


















