गृहपृष्ठ बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।
प्रकाशित समय : १०:२९ बजे


















