गृहपृष्ठ हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच ग्राहक सुरक्षाका लागि सम्झौता

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच ग्राहक सुरक्षाका लागि सम्झौता

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच ग्राहक सुरक्षाका लागि सम्झौता

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको सुरक्षाका लागि दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

गरगहनासम्बन्धी कारोबार गर्दै आएको हिमालयन बुलियनले आफ्ना ग्राहकको सुरक्षा र लगानीलाई प्राथमिकतामा राख्दै विभिन्न तहमा ग्राहक वर्गीकरण गरी बीमा सुविधा उपलब्ध गराउने छ।

सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि कम्पनीका ग्राहकलाई उनीहरूको वर्गीकरणअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार ‘सिल्भर’ वर्गका ग्राहकलाई अधिकतम १ लाख रुपैयाँसम्म, ‘गोल्ड’ वर्गका ग्राहकलाई अधिकतम ५ लाख रुपैयाँसम्म र ‘डायमन्ड’ वर्गका ग्राहकलाई अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ।

हिमालयन बुलियनले विगत २५ वर्षदेखि गरगहनासम्बन्धी कारोबार गर्दै आएको जनाएको छ। ग्राहकको सुरक्षा र लगानीलाई जिम्मेवारीपूर्वक अघि बढाउँदै आएको कम्पनीले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा विस्तार गर्ने छ।

ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग गरिएको सम्झौताले कम्पनीका ग्राहकलाई थप सुरक्षा प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु