गृहपृष्ठ मुनलाईट हाइड्रोपावरको शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त
मुनलाईट हाइड्रोपावरको शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त
काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । उक्त शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ ।
शेयर प्रत्याभूति सम्बन्धी सम्झौतामा ज्योति क्यापिटल र मुनलाईट हाइड्रोपावर कम्पनीबीच हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित समय : १९:०२ बजे


















