गृहपृष्ठ आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता

आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता

आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता

सुनसरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन ।

इटहरीमा आजदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को उद्घाटन समारोहमा उनले युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्न मेला आयोजना गरिएको बताए ।

तालिम लिने युवाले प्रमाणपत्र प्राप्त गर्ने उद्देश्य मात्र नराखी सिकाइ, क्षमता विकास र स्वरोजगारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा मन्त्री यादवले जोड दिए । तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो कि खोलेन तथा रोजगारीबाट जीवनयापन गर्न पुग्ने पारिश्रमिक र उन्नतिको अवसर प्राप्त भयो कि भएन भन्ने विषयलाई सरकारले महत्त्वका साथ हेर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु