गृहपृष्ठ दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट

दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट

दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट दोधारा चादँनी झोलुङ्गे पुलमा मुख्यमन्त्री भट्ट फोटो क्याप्सन् कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चादँनी झोलुङ्गे पुल बुधबार बिहान भत्किएपछि स्थलगत अनुगमन गर्नुहुदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट । तस्बीरः शेरबहादुर सिंहरासस, कञ्चनपुर

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताएका छन्।

महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किनुका साथै अन्य संरचनामा क्षति पुगेर आवागमन रोकिएपछि आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रुपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गरे।

“यो हाम्रो स्वाभिमान र पहिचानको प्रतीक हो”, उनले भने, “पुल पुनर्निर्माणका लागि संघ सरकार र प्रदेश सरकारबीच घनिभूत संवाद भइरहेको छ। यो पुल फेरि पनि गर्वको प्रतीक बनिरहोस्।”

मुख्यमन्त्री भट्टले भत्किएको भागको पुनर्निर्माणका साथै प्राविधिक रूपले सुरुदेखि पुलको अन्तसम्मका सबै पिल्लर संरचना जाँच हुनुपर्नेमा जोड दिए। “यो पुलले व्यहोरेको पीडामा तपाईंहरूसँग हामी एकाकार छौं”, उनले भने, “संघले पुनर्निर्माण गर्ने अवस्थामा प्रदेश सरकारले सबै प्रकारको वातावरण र सहयोग गर्नेछ। पुललाई जीवन्त राखेर अगाडि बढ्छौं।”

मुख्यमन्त्री भट्टसँगै अनुगमनमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आर्थिक मामिला राज्यमन्त्री जानकी बम ऐरलगायतको सहभागिता थियो।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु