काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१० रुपैयाँमा ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजारसम्मको सुरक्षा

1.01K
shares

काठमाडौं । इसेवाले जात्रा पर्वका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरणका लागि ‘जात्रा केयर’ बीमा योजना ल्याएको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको योजना १० रुपैयाँमा खरिद गर्न सकिनेछ।

असोज ७ देखि १३ गतेसम्म सात दिन लागू हुने योजनाअन्तर्गत दुर्घटना बीमामा २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायतामा १० हजार रुपैयाँ गरी कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा उपलब्ध हुने इसेवाले जनाएको छ।

जात्राका क्रममा हुने भीडभाड तथा आवतजावतका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक भार कम गर्ने उद्देश्यले योजना ल्याइएको इसेवाको भनाइ छ।

इसेवाका अनुसार ‘जात्रा केयर’ बीमा योजना इसेवा एपमार्फत खरिद गर्न सकिनेछ। कम्पनीले जात्रा पर्वका क्रममा सम्भावित जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।