गृहपृष्ठ मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन
मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
भद्रपुर । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ््कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ ।
कार्यालयका अनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ््कलन भएको थियो । भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ ।
भदौमा साउनको तुलनामा राजस्व सङ्कलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९।१९ प्रतिशत राजस्व सङ््कलन भएकामा भदौमा ९४.७३ प्रतिशत पुगेको हो ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२र८३ को भदौको तुलनामा चालु आवको सोही आवधिमा राजस्व सङ्कलन ९।४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।
सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।
प्रकाशित समय : ०६:१८ बजे

















