काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा सिमित

1.47K
shares

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको छ । वाल स्ट्रिट जर्नलको सर्वेक्षणअनुसार सन् १९९० यता मध्यावधि निर्वाचनअघि कुनै पनि राष्ट्रपतिले पाएको यो सबैभन्दा कम अनुमोदन दर हो ।

लोकप्रियता घटिरहे पनि ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार अभियान तीव्र बनाउने तयारी गरेका छन् । पोलिटिकोका अनुसार उनले आयोवा, फ्लोरिडा, टेक्सास र अलास्कामा चुनावी कार्यक्रम गर्नेछन् भने अर्को साता ओक्लाहोमामा पनि जाने कार्यक्रम छ ।

यसैबीच अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई मतदाता अभिलेख प्रमाणीकरणका लागि संघीय नागरिकता डाटाबेस प्रयोग गर्न अनुमति दिएको छ । एबीसी न्यूजका अनुसार ६–३ को निर्णयमा अदालतले गृह सुरक्षा विभागलाई ४० वर्ष पुरानो अध्यागमन डाटाबेस राज्यहरूले गैरनागरिक मतदाता पहिचान गर्न प्रयोग गर्न दिने बाटो खोलेको हो । ट्रम्पले गैरनागरिक मतदानलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि ठूलो चुनौती भन्दै आएका छन् ।

यसैबीच इरानसँगको तनाव पनि चुनावी माहोलमा प्रमुख विषय बनेको छ । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेका छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले नोभेम्बरको मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही गर्ने अपेक्षा ट्रम्पले आफ्ना सहयोगीसमक्ष व्यक्त गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर २२ मा सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने सम्भावना रहेको तर आवश्यक परे इस्लामिक गणतन्त्रलाई ‘छिट्टै समाप्त पार्ने’ विकल्प पनि खुला रहेको बताएका थिए । यता इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सातदिने योजनामार्फत पश्चिम एसियाको द्वन्द्व अन्त्य, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन र त्यसपछि इरानको आणविक कार्यक्रमबारे व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अघि सारेका छन् । एएनआई