गृहपृष्ठ भारी वर्षाको पूर्वानुमानपछि कर्णालीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको पूर्वानुमानपछि कर्णालीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको पूर्वानुमानपछि कर्णालीमा विपद् पूर्वतयारी तीव्र

सुर्खेत । कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान भएपछि सम्भावित बाढी, पहिरो, डुबानलगायत विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले सुरक्षा निकायसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी परिचालन हुन निर्देशन दिएको हो।

बैठकमा मुख्यमन्त्री मंगलबहादुर शाही, मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकबाट प्रदेशका स्थानीय तह तथा सम्बन्धित सुरक्षा निकायलाई आवश्यक तयारी, समन्वय र सतर्कताका साथ परिचालन हुन ब्रीफिङ तथा निर्देशन दिइएको छ।

सम्भावित विपद्का समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउन तथा विपद्को अवस्था सिर्जना भएमा तत्काल सूचना आदानप्रदान गर्न पनि निर्देशन दिइएको छ ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले जोखिमयुक्त बस्ती र यातायात मार्गमा विशेष सावधानी अपनाउन भनिएको छ ।

प्रदेश सरकारले सम्भावित विपद्को समयमा नागरिकको सुरक्षा पहिलो प्राथमिकतामा राखेर स्थानीय तह र सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने जनाएको छ। सम्बन्धित सबै निकायलाई मौसमको अवस्थाबारे नियमित सूचना लिई आवश्यक पूर्वतयारीसहित उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु