गृहपृष्ठ बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट
बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनःनिर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो ।
नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन ।
जेनजी आन्दोलनका क्रममा कार्यालयमा करिब १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । उक्त आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये बढी बनेपा नगर कार्यालयमा क्षति पुर्याइएको थियो ।
यसअघि पुलबजारस्थित–१० नं वडा कार्यालयबाट नगर कार्यालय सञ्चालन गरिएको थियो । गत असार ३२ गते नगरको १८औँ नगरसभाको निर्णय बमोजिम शिक्षालयको प्रशासनिक भवनबट सेवा प्रवाह गरिने बताए ।
नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्याइ नगरको प्रशासनिक कार्यालय सञ्चालन गरिने स्पष्ट पारे ।
प्रकाशित समय : १२:३० बजे


















