काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

1.34K
shares

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा ७० लाख ४७ हजारबराबरको रकम जम्मा भएको छ ।

गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतले सहयोग गरेको उनले बताए ।

सङ्कलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए। अभियानमा सहयोग गर्ने सबैलाई तमु धीं नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

छिन्नमस्ता मन्दिरको एक लाख ५१ हजार सहयोग

सप्तरीः सप्तरीको छिन्नमस्ता मन्दिरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि एक लाख ५१ हजारबराबरको सहयोग गरेको छ ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गर्ेका हुन् ।

उनले भने, “उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने छ ।” मन्दिर समितिको तर्फबाट थोरै भए पनि बाढीपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । चेक ग्रहण गर्दै मन्त्री यादवले विपदको समयमा मन्दिर समितिले देखाएको समाजिक सद्भावको भावनालाई सकारात्मक लिएको बताए । बाढीले रसुवा, नुवाकोट, धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।