काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक किनारमा नगरपालिकाको बेसार खेती

1.34K
shares

धनकुटा, । स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।

बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ ।

नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए । हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनले बताए ।

बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो । उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उनले जानकारी दिए ।