गृहपृष्ठ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा

काठमाडौं । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ ।

थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निजत (स्यास) प्रदान गर्दै औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

यस वर्षको अन्तिम प्रतिस्पर्धाका लागि प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रसना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कन्चन महर्जन छनोट भएका छन् ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिलाहरूको सहभागिता रहेको छ। प्रतियोगिताले विभिन्न पेसामा सक्रिय तथा पारिवारिक जिम्मेवारी सम्हालीरहेका महिलाहरूलाई प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर दिने आयोजक शिला बास्तोलाले बताइन्। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुनेछ । विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। सोही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेताहरूको समेत चयन गरिने र उनीहरूले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा हुने यस प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन् । गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा करिब ४५ दिनसम्म चल्ने विभिन्न प्रशिक्षण सत्रपछि प्रतिस्पर्धीहरू अन्तिम उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु