गृहपृष्ठ मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान, ६५ पोका रगत संकलन

मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान, ६५ पोका रगत संकलन

मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा रक्तदान, ६५ पोका रगत संकलन

काठमाडौं । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएको मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२०८३ असोज १ गते आयोजित रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन भएको फाउन्डेसनले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।

मुक्तिनाथ फाउन्डेसन मुनाफा वितरण नगर्ने सामाजिक संस्था हो । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गरी उनीहरूको सकारात्मक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले संस्था स्थापना गरिएको हो ।

संस्था २०७८ असोज १ गते दर्ता भएको हो । लक्षित वर्गका व्यक्ति तथा समुदायको सबलीकरणका लागि सशक्त सामाजिक संस्थाका रूपमा काम गर्ने उद्देश्य राखेको फाउन्डेसनले यसअघि पनि विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, विन्द्यवासिनी म्युजिक र एमएन हस्पिटलको सहभागिता तथा समन्वयमा सम्पन्न भएको हो ।

फाउन्डेसनले आगामी दिनमा पनि लक्षित वर्ग र समुदायलाई केन्द्रमा राखेर सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु