गृहपृष्ठ सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

साथै बैंकले अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव समेत गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु