काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

1.3K
shares

काभ्रे। भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले रु ८५ लाख सहयोग गरेको छ ।

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैबीच, काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले बाढीबाट पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ हजार जम्मा गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ ।