गृहपृष्ठ राष्ट्रियसभाः सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस

राष्ट्रियसभाः सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस

राष्ट्रियसभाः सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेका छन ।

सभाको आजको बैठकमा उनले सो प्रतिवेदन पेस गरेका हुन । यही भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको उनले सुनाए । खाद्य, उपभोक्ता, स्वास्थ्य र वातावरणको मौलिक हकको संरक्षणका लागि विधेयकमा व्यवस्था गरिएको छ । समितिले सरोकार भएका सबै निकाय र नागरिक संस्थाका प्रतिनिधिसँग पनि सुझाव लिई प्रतिवेदनलाई अन्तिम रूप दिइएको सभापति रोकायाले जानकारी दिए ।

समितिको छलफलबाट विधेयकलाई थप समृद्ध बनाई प्रस्तुत गरिएको उनले सुनाए । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिलाई पनि प्रतिनिधित्व गराउने व्यवस्था पनि विधेयकमा गरी समितिले प्रतिवेदन तयार पारिएको सभापति रोकायाले बताए ।

राष्ट्रिय सभाको अर्को बैठक असोज २ गते शुक्रबार १ः१५ हुनेछ ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु