गृहपृष्ठ कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने नेता कोइराला भरतपुर,३१ भदौ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला आइतबार बिहान भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै । तस्विरः कृष्ण आचार्य,रासस

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं महाधिवेशनमा भाग लिने वा नलिनेबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

देउवा समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सम्पर्क कार्यालय, चुनदेवीमा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।

कांग्रेसले आइतबार १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई पहिलेकै हैसियत दिने गरी महाधिवेशनमा सहभागी हुन आह्वान गरेको थियो । जुन विषयमा सोमबार इतर समूहले महाराजगन्जस्थित शेरबहादुर देउवा निवासमा छलफल भएको छ । इतर समूहको बैठकमा भएको निर्णयबारे शशांकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका हुन् ।

कांग्रेसको वडा अधिवेशन नजिकिँदै जाँदा दुईवटा महाधिवेशन हुने सम्भावना पनि बढ्दै गएको छ । इतर समूहले देउवाकै अध्यक्षतामा महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले दुवै समूहको महाधिवेशनमा सहभागिता नजनाउने भएका छन् । उनीहरूले कांग्रेसमा तेस्रो धार बनाउन लागेका छन् ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु