गृहपृष्ठ आजको मोैसम:देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

आजको मोैसम:देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

आजको मोैसम:देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ।

यतिबेला देशका अधिकांश भू(भागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ।

सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ।

देशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ। मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा चट्याङसहित वर्षा हुनेछ।

कोशी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रकाशित समय : ०६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु