गृहपृष्ठ भोटेकोशी बाढीपीडितको आवास खर्च सरकारले व्यहोर्ने

भोटेकोशी बाढीपीडितको आवास खर्च सरकारले व्यहोर्ने

भोटेकोशी बाढीपीडितको आवास खर्च सरकारले व्यहोर्ने

काठमाडौं – सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजार रुपैयाँ आवास भाडा तथा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ ।

बाढी प्रभावित परिवारले नगद आवास सुविधा लिन नचाहेमा सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ । मन्त्री तिमिल्सिनाका अनुसार प्रभावित परिवारको विवरण तथा आवश्यक तथ्याङ्क संकलनका लागि सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ ।

बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन सम्पन्न भइसकेको र अहिले विस्तृत आवश्यकता मूल्याङ्कन भइरहेको सरकारले जनाएको छ । मूल्याङ्कनका आधारमा स्रोत सुनिश्चित गरी पुनर्निर्माण र पुनःस्थापनाको काम तीव्र बनाइने मन्त्री तिमिल्सिनाले बताएका छन् ।

प्रकाशित समय : १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु