गृहपृष्ठ टीभीएसको दशैं योजना ‘गोल्डेन की’ सार्वजनिक, १० लाखसम्म छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म
टीभीएसको दशैं योजना ‘गोल्डेन की’ सार्वजनिक, १० लाखसम्म छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म
काठमाडौं– दशैंलाई लक्षित गर्दै टीभीएस नेपालले विशेष चाडपर्व योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएसका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको योजनामा ग्राहकले मोटरसाइकल वा स्कुटर खरिद गर्दा निश्चित पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार पाउने कम्पनीले जनाएको छ ।
यस योजनाको अर्को आकर्षण दैनिक लक्की ड्र रहेको छ। दैनिक दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस प्राप्त गर्ने अवसर पाउनेछन् । दशैंको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने जनाएको छ। फाइनान्स सुविधा सम्बन्धित नियम तथा सर्तअनुसार लागू हुनेछ ।
योजना सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई ग्राहकका लागि थप विशेष बनाउन योजना ल्याइएको बताए ।
उनका अनुसार प्रत्येक ग्राहकले निश्चित पुरस्कार पाउने भएकाले योजनाले टीभीएसको नयाँ सवारीसाधन खरिद गर्ने अनुभवलाई थप आकर्षक बनाउनेछ । त्यस्तै, कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए ।
उनका अनुसार निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्स सुविधाले टीभीएसका सवारीसाधन खरिदलाई थप सहज र लाभदायी बनाउनेछ । जगदम्बा मोटर्सले नेपालभर रहेको आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । टीभीएस गोल्डेन की योजना तथा विस्तृत नियम र सर्तका लागि टीभीएस नेपालको आधिकारिक वेबसाइटमा जानकारी लिन सकिनेछ ।
प्रकाशित समय : १४:०९ बजे


















