गृहपृष्ठ युनाइटेड इदी मार्दीद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

युनाइटेड इदी मार्दीद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

युनाइटेड इदी मार्दीद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशतले लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफाबाट शेयरधनीहरुका लागि हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव जगत रोकायले जनाएका छन् ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु