गृहपृष्ठ सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

काठमाडौं –  मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् । उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

आव २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ ।

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु