गृहपृष्ठ शिवश्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
शिवश्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता दुवै कम्पनीबीच सम्पन्न भएको हो।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा शेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारीलगायत शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यका लागि सिटिजन्स क्यापिटललाई नियुक्त गरिएको हो।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ असोज २ गतेदेखि शिवश्री हाइड्रोपावरको शेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ।
कम्पनीका शेयरधनीलाई आवश्यक शेयर रजिष्ट्रार सेवा, अभिलेख व्यवस्थापन तथा शेयर कारोबारसँग सम्बन्धित कार्यमा आवश्यक सहजीकरण र सेवा उपलब्ध गराइने सिटिजन्स क्यापिटलले जनाएको छ।
सिटिजन्स क्यापिटलले अनुभवी जनशक्ति र व्यावसायिक दक्षतामार्फत शिवश्री हाइड्रोपावरका शेयरधनीलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
दुवै संस्थाबीचको सहकार्यले शिवश्री हाइड्रोपावरका शेयरधनीलाई शेयर रजिष्ट्रारसम्बन्धी सेवा थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १०:४५ बजे


















