गृहपृष्ठ प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।

बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको हो।

बुधबार आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे। उक्त सामग्री बाढी प्रभावित परिवारलाई वितरण गरिने बैंकले जनाएको छ।

यसअघि पनि प्रभु बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो।

बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित समुदायप्रति बैंकले समवेदना व्यक्त गरेको जनाएको छ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु