गृहपृष्ठ नेपालमा पहिलोपटक ‘सावेन’को महासभा आयोजना

नेपालमा पहिलोपटक ‘सावेन’को महासभा आयोजना

नेपालमा पहिलोपटक ‘सावेन’को महासभा आयोजना

काठमाडौँ । दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल (सावेन) को महासभा नेपालमा पहिलोपटक आयोजना भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आजदेखि काठमाडौँमा सुरु भएको महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता छ ।

महासभामा वन्यजन्तु तथा वनस्पतिको अवैध ओसारपसार, वन्यजन्तु अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुँदैछ ।

नेपालमा पहिलोपटक आयोजना भएको यस महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु