गृहपृष्ठ साउदी जहाजबाट ओमानले गर्‍यो चालक दलका १६ सदस्यको उद्धार

साउदी जहाजबाट ओमानले गर्‍यो चालक दलका १६ सदस्यको उद्धार

साउदी जहाजबाट ओमानले गर्‍यो चालक दलका १६ सदस्यको उद्धार

काठमाडौं । ओमानको नौसेनाले सोमबार एक साउदी झन्डा बोकेको तेल ट्यांकरबाट चालक दलका १६ सदस्यलाई उद्धार गरेको खुलासा गरेको छ। उक्त जहाजमा एक साताअघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो।

‘ओमानी राष्ट्रिय नौसेनाको एक जहाजले ट्याङ्करका २५ सदस्यीय चालक दललाई रसद सहयोग प्रदान गरेको छ र आवश्यक चिकित्सा सेवा सुनिश्चित गर्दै १६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको छ’, ओमानको समुद्री सुरक्षा केन्द्रले वक्तव्यमा भनेको छ।

वक्तव्यमा चालक दलका सबैको अवस्थाबारे विस्तृत उल्लेख गरिएको छैन तर जहाज एसआईडीआरमा दुई जना नाविकको मृत्यु भएको पुष्टि गरेको छ । साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्यांकरमा आक्रमण हुँदा दुई फिलिपिनो नाविकको मृत्यु भएको बताएको थियो।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु