गृहपृष्ठ चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताएका छन ।

चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरो हुन ।

मुख्यमन्त्री थापाले न्वागीलाई बागमती प्रदेशको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरेका छन। चेपाङ समुदायले न्वागी मनाउँदा उनीहरूको विशिष्ट सांस्कृतिक पहिचान स्थापित हुनाका साथै परम्परागत मूल्य र मान्यताले महत्व पाएको उनको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको मुलुक भएको उल्लेख गर्दै उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताएका छन ।

मुख्यमन्त्री थापा मगरले न्वागी पर्वले समाजमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समुन्नत समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।

मुख्यमन्त्री थापाले न्वागीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदायमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु