गृहपृष्ठ बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन
बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा, बैतडीलगायत जिल्लामा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छन् ।
बाजुराका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षति तथा उत्पन्न जोखिमबारे उन् ले बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासँग टेलिफोनमार्फत जानकारी लिई आवश्यक तयारीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
त्यसक्रममा मुख्यमन्त्री भट्टले स्थानीयस्तरमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका विषयमा जानकारी लिएको थिए । यसैगरी, बैतडीका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनेलगायत समस्याबारे पनि उहाँले प्रजिअ निरौलासँग जानकारी लिएको छन् ।
मुख्यमन्त्री भट्टले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने गरी भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको छन् । उनले विपद्का समयमा नागरिकको जनधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उद्धार, राहत तथा सडक सञ्चालनका लागि प्रदेश सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुनसमेत निर्देशन दिएको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १८:५३ बजे


















