गृहपृष्ठ सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी

सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी

सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन् ।

मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले बाढीका कारण रसुवाको टिमुरेदेखि देवीघाटसम्मका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको बताए ।

उनले भने, ‘बाढीमा परी घाइते भएर उपचार गराइरहनुभएका व्यक्तिहरूसँग भेटघाट ग¥यौँ। उहाँहरू निकै प्रभावित क्षेत्र टिमुरेदेखि तल देवीघाटसम्मका विभिन्न ठाउँमा रहँदा बाढीमा परी घाइते हुनुभएको रहेछ । हरेक दिन बाढीको कुरा गरिरहँदा र जहाँ जाँदा पनि यो एउटा अकल्पनीय महाविपत्ति हो भन्ने महसुस हुन्छ । त्यसैले अत्यन्त दुःख लागेको छ ।’

मन्त्री तिमिल्सिनाले घाइतेहरू उद्धार भएर उपचाररत हुनु सकारात्मक पक्ष भए पनि उनीहरूका परिवार, आफन्त तथा गाउँलेहरू बाढीमा परी बेपत्ता वा मृत्यु भएको खबर अत्यन्त दुःखद रहेको बताए ।

‘उहाँहरूको अवस्था हेरेपछि र कुरा सुनिसकेपछि सकारात्मक कुरा के हो भने उहाँहरू उद्धार भएर आएर उपचार गराइरहनुभएको छ । तर दुःखको कुरा, उहाँहरूसँगै घरमा बस्ने परिवार, आफन्त, गाउँले तथा नातागोताका धेरै मानिसलाई बाढीले बगाएर लगेको छ । त्यो एकदमै दुःखको कुरा हो,’ उनले भने ।

उनले घाइतेहरूको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग विस्तृत जानकारीसमेत लिएका छन् ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु