गृहपृष्ठ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथामसम्बन्धी सचेतनामूलक वेबिनार आयोजना गरेको छ। बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय तथा रक्तनलीसम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्त्वबारे सही र आवश्यक जानकारी प्रदान गर्नु रहेको थियो। मेदान्ता–द मेडिसिटी अस्पताल, गुडगाउँ, भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ।

उक्त वेबिनार ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयमा मिति भाद्र १६, २०८३ (सेप्टेम्बर १, २०२६), मंगलबार आयोजना गरिएको हो। कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीहरूलाई लक्षित गरिएको थियो। सो सत्रमा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतका कार्डियाक केयरअन्तर्गत क्लिनिकल ७ हृदयसम्बन्धी रोगका वरिष्ठ चिकित्सक डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका क्रममा हृदय तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, रोगबाट बच्ने उपायहरू, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्त्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो।

उक्त सचेतनामूलक अनलाइन सत्रमा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको थियो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित सरोकारवालाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ। यसैगरी, बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्डवाहक ग्राहक महानुभावहरूलाई मेदान्ता अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु