गृहपृष्ठ रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा । रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिए ।

इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी गुमानुपरेको पीडा सुनाइन ।

विनाशकारी बाढीको दुई दिनअघि काठमाडौँमा अध्ययनरत छोरीको उपचार गराउन आउँदा ज्यान जोगिए पनि श्रीमतिसहित सहकर्मी गुमानपर्दाको पीडाका बीच उनले जीवनमा अकल्पनीय दुःख व्यहोर्न परेको बताइन ।

बिहान कार्यालय समयभन्दा अघि एक्कासि बाढी आएकाले अधिकांश सहकर्मीसहित परिवारजन टिमुरेस्थित आवासगृहबाट बेपत्ता भएको हुनसक्ने बताउँदै इन्जिनियर पौडेलले सो समयमा रसुवागढी जलविद्युत केन्द्रभित्र तीन जनामात्र कर्मचारी रहेको जानकारी दिइन । उनले चिलिमे जलविद्युत् केन्द्रमा पनि जम्मा छ जना कर्मचारी रहेको भन्ने जानकारी प्राप्त भएको बताइन।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु