गृहपृष्ठ सुनको मूल्य तोलामा २४ सयले घट्यो, चाँदी भने स्थिर
सुनको मूल्य तोलामा २४ सयले घट्यो, चाँदी भने स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैबिच, चाँदीको मूल्य भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
प्रकाशित समय : १२:२० बजे


















