global ime bank Long Banner Ad

गृहपृष्ठ सिरियामा सेना र सशस्त्र समूहबीच भएको झडपमा ६० जनाको मृत्यु

सिरियामा सेना र सशस्त्र समूहबीच भएको झडपमा ६० जनाको मृत्यु

सिरियामा सेना र सशस्त्र समूहबीच भएको झडपमा ६० जनाको मृत्यु

सिरियाली सेना र सशस्त्र समूहबीच भएको झडपमा सिरियामा ६० जनाको मृत्यु  भएको छ । इद्लिब प्रान्तमा बिहीबार राति झडप भएको हो ।

युद्धको अनुगमन गर्ने बेलायतसँग आबद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति छन् । त्यस्तै जियादीहरुको कब्जामा रहेको मारेट अल नुमाननजिकै भएको भिडन्तमा परी २३ सिरियाली सरकार समर्थित सेनाको  मृत्यु भएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै आन्दोलन सुरु भएको हो । केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भएसँगै लाखौंले ज्यान गुमाएका छन् भने दसौं लाख मानिस विस्थापित भएका छन् । सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित समय : २२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु