global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित Brazil's Matheus Cunha (9) scores a goal during the World Cup Group C soccer match between Brazil and Haiti in Philadelphia, Friday, June 19, 2026. (AP Photo/Petr David Josek)

काठमाडौँ ।फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु