गृहपृष्ठ राष्ट्रसंघद्वारा ‘सफा हावा दिवस’ घोषणा
राष्ट्रसंघद्वारा ‘सफा हावा दिवस’ घोषणा
संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय सन् २०२० देखि लागू हुनेछ ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरुले जनाएका छन् । वायु प्रदूषणले विश्वभरका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाइ छ ।
वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनुपर्नेमा समेत सरोकारवालाहरुले जोड दिँदै आएका छन् ।
प्रकाशित समय : २२:५७ बजे



















