गृहपृष्ठ पुथाङ गाउँसमाजद्वारा पाँच लाख ५१ हजार बाढीपीडितलाई सहयोग

पुथाङ गाउँसमाजद्वारा पाँच लाख ५१ हजार बाढीपीडितलाई सहयोग

पुथाङ गाउँसमाजद्वारा पाँच लाख ५१ हजार बाढीपीडितलाई सहयोग

मुस्ताङ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका(३ जोमसोमस्थित पुथाङ गाउँसमाज (एयरपोर्ट)ले पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँसमाजको मौज्दात कोषको रकमबाट खर्च गर्ने गरी बाढीपीडितको सहयोगार्थ उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

आज बिहान समाजका गाउँमुखिया अनिल शेरचनको अध्यक्षतामा बसेको १५औँ समितिको बैठकले भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय भएको समितिका सचिव पेमा छेतेन विकले जानकारी दिए । उनका अनुसार बाढीपीडितको सहयोगार्थ तत्काल उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

गाउँमुखिया शेरचनले भोटेकोशी बाढीका कारण सयौँ नागरिकको मृत्यु भएको र सयौँ सम्पकैविहीन भएका भन्ने खबरले समाजलाई अन्त्यन्तै दुखित तुल्याएको बताए । बाढीका कारण राष्ट्रिय सङ्कट आइपरेको भन्दै यस दुखद घडीमा सम्पूर्ण नेपाली एकताबद्ध भई विपद् व्यवस्थापनका लागि सहयोगमा जुट्न उनले आह्वानसमेत गरे ।

 

 

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु