गृहपृष्ठ बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध

बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध

बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले हालको विपद्को अवस्थामा आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ ।

कार्यालयले आज सूचना जारी गरी विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैङ्क खाता वा ई(वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेकाले यसबाट बच्न आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको हो ।

कसैले विपद् राहतको नाममा स्क्यान गरेको वा गर्न खोजेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु