गृहपृष्ठ सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका थिए ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकमा उनले नेपाली सेनाबाट उक्त बाढीका बारेमा आवश्यक ‘ब्रिफिङ’ लिएका थिए ।

त्यसलगत्तै उनले आगामी कदमबारे सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिएका थिए ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु