गृहपृष्ठ एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ ।अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ए ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएका हुन् ।

त्यसैगरी लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए भने नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५ रन जोडे । कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ तथा तृत राज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए ।

राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए । शाहब आलम र रिजान ढकाल शुन्यमा अविजित रहे ।

यता एनटी स्ट्राइका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डी’आर्सी सर्टले समान एक–एक विकेट लिए ।

 

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु