गृहपृष्ठ प्रधानमन्त्री शाह पोखरामा

प्रधानमन्त्री शाह पोखरामा

प्रधानमन्त्री शाह पोखरामा

गण्डकी । प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा आइपुगेका छन् । उनि माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्ने छन् ।

प्रधानमन्त्री शाह अस्ताम आइपुग्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

“प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आएको हुन्, उनको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”

स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए । “अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने ।

प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आएको हुन् । उ निशनिबार मुस्ताङ जानुहुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु