गृहपृष्ठ कुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

कुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

कुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्री बादीले आज भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिएको हो ।

उनले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा सञ्चालनको अवस्था, आम्दानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेको लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएको थियो ।

राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भृकुटीमण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु