काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूतनाथ मन्दिरमा चोरी गरी भाग्ने क्रममा भारतीय युवक पक्राउ

1.62K
shares

जनकपुर । जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ ।  गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।