गृहपृष्ठ प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

कास्की । खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना जगाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ ।

प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ३ गते कास्कीको पोखरामा उक्त दौड आयोजना गर्न लागिएको हो । आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुनेछ । यस्तै, कुल रु १६ लाखबराबरको पुरस्कार प्रदान गरिनेछ । यसैगरी विभिन्न विधामा चार हजारभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिए ।

उहाँका अनुसार यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौँमा आयोजना गरिएकामा यसपटक पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ प्रतियोगिता आयोजना गर्न लागिएको हो । पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु हुने दौड वसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौदी–पामे हुँदै पुनः वसुन्धरा पार्कमै आएर टुङ्गिने छ ।

प्रतियोगितामा पुरुष तथा महिला हाफ म्याराथन ९२१ किलोमिटर०, पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा पुरुष र महिला ह्वीलचेयर दौड गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

हाफ म्याराथनतर्फ महिला तथा पुरुष दुवै विधाका पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले जनही क्रमशः एक लाख ५० हजारदेखि रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘राइट टु प्रोटिन रन’ प्रोटिन र सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको युएस सोयाबिन एक्सपोर्ट काउन्सिलका देशीय निर्देशक डा अशेष भट्टराईले बताए ।

“विशेषगरी युवा, विद्यालय तथा विद्यार्थी, खेलाडी, महिला र परिवारमा दैनिक आवश्यक पर्ने प्रोटिनको मात्रा र सुलभ प्रोटिनका स्रोतबारे जानकारी बढाउन यो कार्यक्रम फलदायी हुँदै आएको छ”, उनले भने ।

यस संस्करणले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्नुका साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

नेपालमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जनचेतना नभएकाले यस्ता कार्यक्रमले पोषणसम्बन्धी जानकारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डा भट्टराईले बताए ।

प्रकाशित समय : ०५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु