गृहपृष्ठ रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी
रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले राससलाई जानकारी दिए ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उनले बताए।
सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताए ।
प्रकाशित समय : १३:३९ बजे


















