नेपालको प्रसिद्ध तीर्थस्थल मध्येको एक प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुरमा अवस्थित छ । चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । यो स्थान नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।